नोबेल पुरस्कारका रुपमा परिचित ‘हल्ट प्राइज प्रतियोगिता’मा ४२ औँ स्थानमा नेपालका विद्यार्थी

नोबेल पुरस्कारका रुपमा परिचित ‘हल्ट प्राइज प्रतियोगिता’मा ४२ औँ स्थानमा नेपालका विद्यार्थी

विद्यार्थीहरुका लागि नोबेल पुरस्कारको रुपमा चिनिएको विश्व प्रसिद्ध ‘हल्ट प्राइज प्रतियोगिता’मा नेपालका विद्यार्थी ४२ औँ स्थानमा उक्लिएका छन् । १० लाख अमेरिकी डलरको पुरस्कार राशि रहेको प्रतियोगितामा नेपाली विद्यार्थीले च्याउ उत्पादन गर्ने मेसिन बनाएर ४२ औं स्थानमा उक्लिएन सफल भएका हुन् ।

नेपाली विद्यार्थीहरुले च्याउ उत्पादन गर्ने मेसिन ‘मशूर’ बनाएर पुरस्कार दाबेदारीमा पर्न सफ सफल भएका छन् । पुल्चोक क्याम्पसमा अध्ययनरत शिशिर पन्त, प्रशान्त भट्ट, निर्देश भट्टराई र सोनी पोखरेलले च्याउँ खेती गर्ने नयाँ प्रविधिको विकास गरेका हुन् ।

नेपाली विद्यार्थीहरुले विकास गरेको प्रणालीअन्तर्गत घरमै च्याउँ फलाउने, फलाएर व्यापार तथाआयआर्जन गर्न सकिने र परम्परागतच्याउ खेती गरिहेकाहरुलाई सहजता हुने बताइएको छ । विद्यार्थीहरुकाअनुसार पारिवारिक आवश्यकतालाई मध्यनजर गरी प्रतिमहिना ८ केजी र व्यापारिक तथा पेशागत कृषिलाई ध्यानमा राख्दै प्रतिमहिना ३६ केजीसम्म च्याउँ उत्पादन गर्न सकिने मेशिनको विकास गरिएकोछ ।

स्मार्ट प्रविधिमार्फत् त्यसभित्रको हावापानी नियन्त्रण गर्न सकिने र मेशिनको उपयोग गरी बाह्रै महिना उत्पादन गर्न सकिने उनीहरुको दाबी छ । यस घरेलु खेती प्रणालीलाई हाल काठमाडौं उपत्यकामा सञ्चालन गर्ने उनीहरुको तयारी छ भने निटक भविष्यमै उपत्यकाबाहिर लैजाने पनि उनीहरुको सोच छ ।

मशूर नाम दिइएको यो प्रविधिले काठमाडौँमा आयोजित ‘काठमाण्डू इम्प्याक्ट समिट’ प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको थियो । यस वर्षको ‘हल्ट प्राइज टप ४२’ भित्र प्रवेश गरेको मशूरले फाइनल प्रतिस्पर्धा आगामी अगष्ट ८ मालन्डनमा गर्दैछ ।

सो प्रतियोगितामा सहभागी हुनका लागि विद्यार्थीहरुले अन्तिम तयारी गर्दैछन् । तर, ट्राभल र क्वारिन्टीनको खर्च आफैले बेहोर्नु पर्ने भएकाले विद्यार्थीहरुले आमनागरिकसमक्ष सहयोगको समेत अपील गरेका छन् । इच्छुकले सहयोग गर्न सकिनेछ ।

हल्ट प्राइजमा यस वर्षको थिम ‘हल्ट प्राइज २०२१ फुड फर गुड’ राखिएको छ । प्रतियोगितामा हरेक देशका विश्व विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेका नयाँ प्रविधिबीच प्रतिस्पर्धा गराइनेछ । यस वर्ष विश्वभरका १ सय २१ देशबाट ३ सय भन्दा बढी विश्वविद्यालयका ३ लाख बढी विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएका छन् ।

विद्यार्थीहरुका लागि विश्वमै सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा लिएको यस प्रतियोगितामा प्रथम हुने विद्यार्थीले दश लाख अमेरिकी डलर बराबरको पुरस्कार पाउनेछन् ।