सोलार लिफ्टीङ प्रविधिबाट बनेको खानेपनी आयोजनाले गाँउमा ल्याएको खुसी

सोलार लिफ्टीङ प्रविधिबाट बनेको खानेपनी आयोजनाले गाँउमा ल्याएको खुसी

बझाङ । दुर्गम गाँउमा सोलार लिफ्टीङ प्रविधिबाट खानेपानी आएपछि स्थानियले खोला र कुलाको फोहोर पानी पिउनु परेको छैन । बर्षौ देखि खानेपानीको समस्या झेल्दै आएका ग्रामिण क्षेत्रका बासिन्दाहरु खानेपानी आयोजना निमार्ण भएसंग खुसी भएका छन । घरघरमा पानीका धारा भएपछि गाउँमा सरसफाइको क्षेत्रमा मात्रै नभई व्यावसायिक तरकारी खेती गर्नेहरूको लागी पनि सहज भएको छ ।

नेपाल सरकारको सहकार्यमा ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक र सामाजिक तथा प्राविधिक विकास सेवा समुह बझाङको प्राविधिक सहयोगमा जिल्लाका दुर्गम बस्तीहरुमा सोलार लिफ्टीङ प्रविधि बाट खानेपानी पु¥याईएको हो । जिल्लामा अहिले सम्म १३ ठाँउमा सोलार लिफ्टिङ प्रविधि बाट आयोजना निमार्ण सम्पन्न गरि स्वच्छ पिउनेपानीको पहुँचमा पु¥याईएको छ । 

बझाङको बुङगल नगरपालिका ६ बड्डी ज्यावनकी धनमती धामीलाई पनि अचेल खानेपानीको चिन्ता हुदैन । अहिले धनमतीले विहान सबेै उठनु परेको छैन भने घरमा खानेपानी छ कि छैन भन्ने चिन्ता पनि छैन । ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले सोलार लिफ्टीङ प्रविधि बाट गाँउमा खानेपानी पु¥याएपछि उनी मात्र हैन गाँउलेकै दैनिकि फेरिएको छ ।

आयोजना निमार्ण हुनु अघि गाँउ भन्दा तलको खोलाबाट पानी बोक्नु पर्ने र बर्षातको समयमा बर्षाको पानी पिउनुपर्ने बाध्यता थियो । बर्षाैदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानिय घर अगाडि धारा जडान भए पछि गाँउमा खुसी भएका छन । पानी भर्नका लागी पालो कुर्नु परेको छैन भने पानी भर्नकै लागि आधा रातमा उठनु पर्ने अवस्था पनि नरहेको उनी बताउछिन । 

दुर्गाथली गाँउपालिका ५ बाजगडाकि धर्मा जप्रेललाई आँगनमै खानेपानीको धारा बनेपछि हाई सन्चो भएको छ । बर्षौ देखि खोलाको पानी बोक्दै आएकि उनी गाँउमा बाजगडा सोलार लिफ्टीङ खानेपानी आयोजना बनेपछि दुखका दिन हटेको बताउछिन । उनी भन्छिन अहिले आँगनमै पानीको धारा छ । न त विहानै उठेर पानी भर्नु परेको छ । न त एक गाग्री पानी भर्न दिनभर कुर्नु परेको छ ।

पहिले एक घण्टा हिडेर खोला बाट पानी ल्याउनु पर्ने बाध्यता थियो सरसफाईमा पनि त्यति ध्यान दिन सकिएको थिएन । आफुलाई त बोकेरै पानी पिउन सम्भव थियो । गाईभैसीलाई पनि बोकेरै पानी दिनुपर्ने अवस्था भए पछि हामीले पाउन सम्मका दुख पायौ । गाँउमा यो भन्दा पहिले खानेपानीको कुनै योजना आएन । अहिले पानी बोक्नु पर्ने दुख हटेसंगै सरसफाईमा पनि ध्यान दिन थालेको उनको भनाई छ । 


आनन्दपुर सोलार लिफ्टिङ खानेपानी तथा सरसफाई योजना निमार्ण भएपछि वित्थडचिर गाँउपालिका १ आनन्दपुरकी अम्मरा देवी बोहराको पानी बोक्ने दुख हटेको छ । गाँउ नजिकै रहेको केदार मा.वि नजिकैको धारा बाट पानी बोक्ने गरेकी बोहरालाई योजना निमार्ण संगै निजी धारा निमार्ण भएपछि पानी बोक्ने दुख हटेको छ ।

बर्षाको समयमा पानी ल्याउने बाटो चिप्लो हुने गरेका कारण पानी बोक्दा कयौँ पटक लडेर चोटपटक लागेको उनको भनाई छ । गाँउघरको काम सधै जसो व्यस्त भईरहने हुँदा साँझ अवेर पानी ल्याउन जाँदा सर्पले टोक्ने डर पनि उत्तिकै हुन्थ्यो । अहिले धारा बनेपछि सहज भएको छ । 

परियोजना अन्र्तगत जिल्लाका छविसपाथीभेरा, थलारा, दुर्गाथली, खप्तडछान्ना, तल्कोट, वित्थडचिर, केदारस्युँ गाँउपालिका, जयपृथ्वी नगरपालिका र बुङगल नगरपालिकामा गरी ९ वटा स्थानिय तहमा लिफ्टिङ प्रविधि बाट खानेपानी आयोजना निमार्ण भएका छन । बस्ती भन्दा माथी पानीको मुहान नभएका ठाँउहरुमा सौर्यउर्जा जडान गरीे लिफ्ट प्रविधि बाट पानी तानिन्छ ।

यसरी तानिएको पानी ८ हजार देखि २० हजार घनलिटर क्षमताका आरविटी ट्याङ्ककीमा जम्मा हुन्छ । साहि ट्याङ्ककी बाट घरघरमा वितरण गरिन्छ । आयोजनाबाट हाल सम्म विभिन्न एक हजार दुई सय घरधुरीका करिब सात हजार लाभान्वित भएका छन् । 

योजना निमार्ण हुनु अघि यस क्षेत्रका महिलाहरूलाई महिनावारी भएको बेला नुहाउनलाई एक घण्टा हिँडेर खोलामा जानुपर्ने बाध्यता थियो । घरमा पानी नभएपछि महिनावारी भएको समयमा छात्राहरु विद्यालय नजाने अवस्था थियो । खप्तडछान्ना २ की पुजा सुनारले महिनावारी भएको समयमा आफुहरुको स्कुल समय छुटने गरेको बताईन ।

उनी भन्छिन नुहाउन टाढा जानुपथ्र्यो । विद्यालय जाने समय पनि नुहाउनमै जान्थ्यो । महिनावारी भएका बेला ७ दिनसम्म दिनहुँ नुहाउने, लुगा धुने गर्नुपर्छ, टाढाको धारा र मुहान जाँदा यता पढाइ छुट्छ,  । पानी नहुँदा महिनावारी भएका छात्राहरूलाई समस्या हुने गरेको थियो । अहिले घरमै पानी पुगेपछि महिनावारी भएका बेला स्कुल छुटला भन्ने चिन्ता हुदैन । 

निमार्ण कार्यमा महिलाको सहभागिता पनि बढायो

बझाङका स्थानिय तहमा हुने विकास निर्माणका काममा महिलाहरुको सहभागिता बढदै गएको छ । प्राय जसो घरको काममा मात्रै सीमित रहने यस क्षेत्रका महिलाहरु अहिले भने विकास निर्माणमा सहभागी हुन थालेका छन् । अझै पनि महिलाहरुले विकास निमार्णका कामहरु संक्दैनन भन्ने मानसिकताका कारण महिलाहरु निमार्णका काममा खुलेर आउदैनन् ।

पछिल्लो समयमा सरकारी र अन्य गैरसरकारी संघ संस्थाको आर्थिक सहयोगमा हुने विकास निर्माणका काममा पुरुष भन्दा महिलाहरु अब्बल हुन थालेका हुन । बुङगल नगरपालिका वडा नं १ सतिवनकी कौफली बोहराले विहानै सबेरै उठेर चुलो चौकी सकेर दिउसोको खाजा बोकी खानेपानी आयोजनाको निमार्ण कार्यमा जाने गरेको सुनाईन ।

ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले गाँउमा खानेपानी निमार्ण गर्न लागे पछि दैनिकि यहाँका महिलाहरुको फेरिएको हो । उनी भन्छिन् हामीले खानेपानीका पाईप बोक्ने, पाईप विछ्याउने, खोदान गर्ने, पानी टंयाङकी बनाउने काम गरेका छौँ ।

सबै काम पुरुषको भन्दा छिटो गरेका छौँ । विकास निमार्णका सहभागि हुँदा ज्ञान र सीपका साथ साथै ज्याला पाउदा निकै खुसी लागेको कौफलीको भनाई छ । अर्की स्थानिय मनिसा बोहराले हाल सम्म आफुले पाएको ज्याला बाट ५ वटा बाख्रा पनि किनि सकेकी छिन । काम संग संगै दाम पनि मिल्न थाले पछि आफुहरु विकास निमार्णका काममा हौसिएको उनी बताउछिन् ।

पहिले पहिले त घरका मान्छेहरुले पनि महिलाले यस्तो काममा जानु हुदैन भनेर भन्थे । आफ्नै जिद्धिले गए । अहिले त काम गर्दा ख्याल गर्नु भनेर सम्झाउन थालेका छन । हामीले काम गर्दै गर्दा धेरै सिप पनि सिक्न थालेका छौँ । पलास्तरका लागी मसला बनाउन जानेका छौँ । पहिले पुरुषहरुलाई बालुवा कति हाल्ने, सिमेन्ट कति हाल्ने पानीको मात्रा कति हाल्ने भनेर सोध्ने गथ्र्यौ ।

अब सबै काम आउन थालेको छ । हामीलाई धारा चिन्ने र पलास्तर गर्ने काम मात्र अप्ठयारो छ । अरु सबै काम सकिदो रहेछ । जनश्रमदान सहित गाँउमा एक करोड दश लाखको लागतमा सतिवन र कचाली गरी दुई गाँउका १ सय २ घरधुरीलाई लक्षित गर्दै ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले निजीधारा तथा सरसफाई आयोजना निमार्ण गर्र्दैछ । सो योजनामा ९० प्रतिशत महिला सहभागि भएका छन । 

गाउँका अधिकांश पुरुषहरु मजदुरी गरेवापत पाएको पैसाले मदिरा सेवनमा खर्च गर्ने भएकाले यहाँका महिला विकास निर्माणको काममा अग्रसर हुन थालेका योजनामा खटिएका प्राविधिक रमेश बोहरा बताउछन । विकास निर्माणमा काम गरेवापत हुने आम्दानीले घर खर्चका साथै केही रकम बचत गर्न सकेको उनकोे भनाई छ ।

गाँउ बाट सात किलोमिटर टाढाको मुहान सम्म पाईप बोक्ने र पाईप विछ्याउनेकाम महिलाले गर्नु चानचुने कुरा होईन । उनले भने महिलाहरुले पुरुषको तुलनामा दुई गुणा बढी काम गर्ने गरेका छन । पुरुषहरु कामको बेलामा पनि गफ गरेर बस्ने र काममा ढिलासुस्ती हुने गर्दछ । तर महिलाहरुको ध्यान एकोहोरो काममा भएका कारण छिटो हुने गरेको छ ।

सात किलोमिटर टाढा बाट खोेदान गरेर पाईप विछ्याउनु चानचुने कुरा थिएन । ग्रामिण जलस्रोत व्यवस्था पन परियोजनाको आर्थिक  र सामाजिक विकास तथा प्राविधिक विकास सेवा समुहको प्राविधिक सहयोगमा संचालन भएको उक्त योजनामा महिलाहको काम प्रतिको लगावका कारण निमार्ण कार्यमा ठुलो टेवा पुगेको छ ।