जसपा विभाजनकाे विवाद आयोगको इजलासबाट समाधान गरिने

जसपा विभाजनकाे विवाद आयोगको इजलासबाट समाधान गरिने

 आन्तरिक विवादमा फस्दै आएको जनता समाजवादी पार्टी (जसपा) को विवाद समाधान अन्ततः निर्वाचन आयोगको इजलासबाट हुने भएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव दुवै पक्षबीचको विवाद छलफलबाट समाधान हुने नदेखिएपछि बोलाएको राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४५ अनुसार सुनुवाइका लागि इजलास गठन गरेको प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो । आयोगले दुवै पक्षसँग मंगलबार छलफल गरेको थियो ।

आयोग पदाधिकारीहरूको बुधबार बसेको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ । इजलासमा आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनसमशेर जबरा रहनुभएको छ ।