चीनबाट ४० लाख डोज कोरोना खोप ल्याउने कार्य आजबाट सुरु

चीनबाट ४० लाख डोज कोरोना खोप ल्याउने कार्य आजबाट सुरु

नेपालले चीनबाट ४० लाख डोज कोरोना खोप ल्याउने कार्य आजबाट सुरु गर्दैछ।नेपाल एयरलाइन्सको जहाजले ६ उडानमा ती खोप काठमाडौं ल्याउनेछ।पहिलो खेप लिन नेपाल एयरलाइन्सको जहाज आज दिउँसो चीनको बेइजिङतर्फ जाँदैछ।

नेपाल वायु सेवा निगमका अनुसार जुलाई ८, ९, १५, १६,२२ र २३ दिन खोप दिन नेपालबाट जहाज जाने छ। यसअघि चीनबाट १८ लाख खोप नेपालले अनुदान सहयोगका प्राप्त गरिसकेको छ।