केरुङे खोलाको बाढीले कावासोती बजार जलमग्न

केरुङे खोलाको बाढीले कावासोती बजार जलमग्न

आज बिहानैदेखि परेको वर्षाले पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजार जलमग्न भएको छ ।

केरुङ्गे खोलामा आएको बाढी पसेपछि कावासोती जलमक्ष्न बनेको हो । पूर्वपश्चिम राजमार्गको सडक माथिबाट पानी बगिरहेको छ ।

डिभिजन वन कार्यलय कावासोती अगाडिको कलवर्ड पानी बहावले बगाएपछि सडक भासिएको छ । जसले गर्दा पूर्वपश्चिम राजमार्ग ठप्प छ । कावासोतीको वीपीपिचोकमा रहेका पसल तथा घरभित्रै पानी पसेको छ ।

कावासोतीको फलफुल चोकदेखि सभापति चोकसम्म सडकमाथि नै पानी खोला झै बगिरहेको छ । पानी अझै पनि निरन्तर परिरहेकाले नदी तटिय क्षेत्रमा रहेका स्थानीय सर्तक रहन प्रसाशनले आग्रह गरेको छ ।