धनगढी प्रिमियर लिग (डीपीएल-३)को तयारी पुरा, ट्रफी सार्वजनिक

धनगढी प्रिमियर लिग (डीपीएल-३)को तयारी पुरा, ट्रफी सार्वजनिक

धनगढी प्रिमियर लिग (डीपीएल-३)को तयारी पुरा भएको छ  । भोलीदेखी फागुन ११ गतेसम्म सञ्चालन हुने तेस्रो रुस्लान डिपिएल ३ को ट्रफी आज पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको हो ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी भएपनि बर्षातका कारण भोलि नै खेल सुरु हुने सम्भावना भने न्युन रहेको छ । बर्षातका कारण मैदानमा हिलो भएको भएकोले  आजको छलफले भोलिको उद्घाटन खेल हुने–नहुने बारे निष्कर्ष निकाल्ने धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष शुभास शाहीले बताउनुभयो ।

तेस्रो संस्करणको बिजेताले ३० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १२ लाख, तेस्रो हुने टोलीले चार लाख र चौथो हुने टोलीले दुई लाख रुपैया पुरस्कार प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल खेलाडीलाई गोल्डस्टार गोल्डेन स्पाइक सुनको जुत्ता प्रदान गरिने जनाइएको छ ।

हरेक खेलका म्यान अफ द म्याचलाई १५ हजार र छक्का क्याच गर्ने दर्शकलाई १० हजार रुपैया पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा धनगढी स्टार्स, रुपन्देही च्यालेञ्जर्स, महेन्द्रनगर युनाइटेड, सीवाइसी अत्तरिया, काठमाण्डौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता जनाउदैछन  ।

सबै टोलीमा १२ जना अक्सनबाट लिईएका खेलाडी (स्थानिय सहित), एक रणनैतिक खेलाडी र दुई जना विदेशी खेलाडी रहनेछन् ।