‘द भ्वाइस अफ नेपाल’ मा फर्किए दीप

‘द भ्वाइस अफ नेपाल’ मा फर्किए दीप

गायक दीप श्रेष्ठ गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सेटमा फर्किएका छन् ।‘द भ्वाइस अफ नेपाल’ को निर्णायकको रुपमा रहेका गायक श्रेष्ठ आफ्नो स्वास्थ्य अवस्था सामान्य भएपछि कार्यक्रममा फर्किएका हुन् ।

‘द भ्वाइस अफ नेपाल ’ का निर्देशक लक्ष्मण पौडेलका अनुसार उनी पुर्ण रुपमा निको भएर सेटमा फर्किएका हुन् । उनले भने, ‘दीप सर सेटमा फर्किसक्नु भएको छ । शुक्रवार र शनिवारको एपिसोडमा दर्शकले दीप सरलाई नै कोचको रुपमा देख्न पाउनेछन्। एपिसोडको सुटिङ दुईदिन अघि नै भइसकेको छ । ’

कोरोना संक्रमण पछि श्रेष्ठलाई अस्पताल भर्ना गरिएको थियो । दुई साताको अस्पताल बसाई पछि उनी घर फर्किएर आराम गरिरहेका थिए । श्रेष्ठ ‘द भ्वाइस अफ नेपाल ’ को सेटमा उपस्थित हुन सकेका थिएनन् । उनी उपस्थित हुने नसकेपछि शोमा ‘स्याट्याण्ड इन कोच’का रुपमा राजेशपायल राई उपस्थित भएका थिए । यो सातादेखि ‘द भ्वाइस अफ नेपाल ’ ३ लाइभ राउण्ड प्रसारण हुनेछ ।