सेती प्रयोगशालामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रयोगशालामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहिबार गरिएको परीक्षणमा  १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ८९ नमूनाको परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । यस्तै ७७ जनाको रिपोर्ट निगेटिभ आएको छ ।

हाल अस्पतालमा १३ जना संक्रमित उपचाररत छन्। जसमध्ये ३ जना संक्रमित आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत रहेको अस्पताले जनाएको छ ।

यस्तै आज नै ३  जना बिरामी निको भएर घर फर्किएका छन भने ४ जना अस्पतालमा भर्ना भएका छन् । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ ।