नेताहरू आफैँले पारेको एमालेको गाँठो नेताले नै फुकाऊन् : कर्ण थापा

नेताहरू आफैँले पारेको एमालेको गाँठो नेताले नै फुकाऊन् : कर्ण थापा

नेकपा एमालेको विवाद समाधानको लागि गठित कार्यदल ब्युतिएसँगै कार्यदल सक्रिय बनेको छ। कार्यदलको छलफलले एमाले विवाद समाधानतिर गएको नेताहरुले बताएका छन्।

एमाले विवाद समाधानउन्मुख भइरहेका बेला सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने पूर्व मन्त्रीसमेत रहेका कर्ण थापाले भने अलि फरक तर्क गरेका छन्। उनले सामाजिक सन्जालमार्फत वर्तमान एमालेको अवस्था हाँसी हाँसी पारेको गाँठो रोईरोई फुकाउनु पर्छ भन्ने नेपाली उखानसँग मेल खाएको बताएका हुन्।

उनले लेखेका छन्, ‘हाँसी हाँसी पारेको गाँठो रोईरोई फुकाउनुपर्छ भन्ने नेपाली उखान अहिले एमालेको जीवनमा ठ्याक्कै मिलेको छ। गाँठो पार्नेहरुलाई नै गाँठो फुकाउने विधि थाहा हुनुपर्ने हो। गाँठो पार्दा आफ्नै बुद्धिको प्रयोग भएको भए त इमान्दार प्रयास हुँदा फुकाउन पनि सकिएला। अरु कसैको बुद्धि पनि परेको छ भने फुक्न मुस्किल हुन्छ किरु जे होस अब  कुनै बहानावाजी नचल्ने अबस्था निर्माण भएको छ। मकै खाने भालु, कुटाई खाने कालु गरेर आफु पानीमाथिको ओभानो हुन सकिन्छ भन्ने कसैले ठानेको छ भने त्यो ठूलो भुल हुनेछ। सबैको व्यवहारको आँकडा, आँकडा राख्नेहरुले सुरक्षित गरेका छन्।’ अब एमालेमा कोही पनि मकै खाने भालु, कुटाई खाने कालु गरेर आफू पानीमाथिको ओभानो हुन नसक्ने उनको दावी छ।