चार दिन लगातार ओरालो लागेको नेप्से आज २३ दशमलव ७६ अङ्कले वृद्धि

चार दिन लगातार ओरालो लागेको नेप्से आज २३ दशमलव ७६ अङ्कले वृद्धि

आज बिहीवार शेयर बजार उकालो लागेको छ ।

चार दिन लगातार ओरालो लागेको नेप्से आज  २३ दशमलव ७६ अङ्कले वृद्धि भएर दुई हजार आठ सय २४ दशमलव ८९ विन्दुमा पुगेको हो ।

आज बैंकिङ समूहको शेयर १८ अङ्कले बढेको छ, भने विकास बैंकको ८९ अङ्कले, होटलको साढे १४ अङ्कले उकालो लागेको छ ।

यस्तै जलविद्युतको ५२ अङ्कले, फाइनान्सको ६४ अङ्कले, माइक्रोफाइनान्स समूहको ६८ अङ्कले, जीवन बीमा समूहको ४२ अङ्कले, निर्जीवन बीमा समूहको चार अङ्कले र उत्पादन समूहको शेयर २३ अङ्कले वृद्धि भएको छ ।

आज दुई सय २३ कम्पनीका एक करोड ३१ लाख कित्ता शेयर चार अर्ब ८१ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल बैंकको २१ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।