भारतमा ३४ हजार कोरोना संक्रमित थपिए, ४७० जनाको मृ‌त्यु

भारतमा ३४ हजार कोरोना संक्रमित थपिए, ४७० जनाको मृ‌त्यु

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दो दरमा देखिएको छ । विहीबार बढेको दर आज फेरि केही घटेको छ ।

विहीबार ४५ हजार ८९२ जना नयाँ सङ्क्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा ३४ हजार ४४३ जनामा कोरोना पुष्टि भएको छ ।यसअघि बुधबार नयाँ सङ्क्रमितको सङ्ख्या ४३ हजार ७३३ रहेको थियो ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या ४ लाख ६५ हजार ६३६ रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४७० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण कुल मृतकको सङ्ख्या ४ लाख ५ हजार ५२७ पुगेको छ ।

कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म भारतमा २ करोड ९८ लाख ७१ हजार बढीले कोरोना जितेका छन् । ती मध्ये ३५ हजार ३८५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन ।हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ३ करोड ७ लाख ४३ हजार नाघेको छ ।