चीनसँग सरकारले खरिद गरेकाे भेरोसेल खोपकाे पहिलाे लट आइपुग्यो

चीनसँग सरकारले खरिद गरेकाे भेरोसेल खोपकाे पहिलाे लट आइपुग्यो

सरकारले चीनसँग खरिद गरेको भेरोसेल खोपको पहिलो लट आइपुगेको छ । खोप लिएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज शुक्रबार बिहान नेपाल फर्किएको हो ।​

पहिलो लटमा ८ लाख डोज खोप लिइएको बताइएको छ । खोप लिन बिहीबार चालक दलका १२ सदस्यसहित बेइजिङ उडेको वाइडबडी शुक्रबार बिहान सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।