यस्तो माटोको थुप्रो मुनि पाइन्छ सुन, कसरी थाहा पाउने ?

यस्तो माटोको थुप्रो मुनि पाइन्छ सुन, कसरी थाहा पाउने ?

सुन कहाँ पाइन्छ भन्ने तपाईं सोच्नुहुन्छ होला । सामान्यता सुन खानीहरुबाट उत्खनन गरिन्छ । महँगो भएका कारण सुन लगाउने इच्छा हुँदा हुँदै पनि लगाउन नसकेर तपाई चिन्तित हुनुहुन्छ होला । तर सुन तपाईंकै घर आगनमा पनि पनि पाइन सकिने नयाँ तथ्य सार्वजनिक भएको छ ।

वैज्ञानिकहरुका अनुसार धमिराले लगाउने माटोको ढिस्को मुनि सुन हुने सम्भावना अत्याधिक हुन्छ ।अस्ट्रेलियाका वैज्ञानिकहरुको अनुसन्धानका अनुसार कुनै पनि क्षेत्रका सुनको खानी पत्ता लगाउनका लागि धमिराले बनाएका माटोको ढिस्को, माटोको अवस्थिति महत्वपूर्ण हुने गर्दछ । 

अस्ट्रेलियन कमनवेल्थ साइन्टिफिक एण्ड इन्ड्रस्टियल रिसर्च अर्गनाइजेशनका अनुसन्धान कर्ताका अनुसार यस्ता क्षेत्रमा सुनको तत्व रहेको पाइएको हो । ती स्थानहरुमा अर्गानिक कार्वनको मात्रा धेरै भएको स्थानमा सून पाइने भएको हो ।

जुन स्थानमा धेरै आद्रता हुन्छ त्यस्ता स्थानमा सुन पाइने सम्भावना बढी रहेको अनुसन्धानले देखाएको छ । त्यस्तै अहिले सुन उत्खनन भइरहेको स्थानको अझ गहिराइमा उत्खनन गर्ने हो भने अझ धेरै मात्रामा सुन पाइने अनुसन्धानले देखाएको शोधकर्ताहरुको दावी रहेको छ । 

अनुसन्धानकाा क्रममा कम्बोडियाका १ लाख १० हजार धमिराले बनाएको ढिस्कोमा नमुना संकलन गरी अनुसन्धान गर्दा सात स्थानमा सुन, तामा लगायका खानीको भण्डारण पत्ता लागेको अनुसन्धानकर्ताहरुले दावी गरेका छन् ।