कोरोनाविरुद्धको दुबै डोज खोप लगाएकाले कतार पुगेपछि क्वारेन्टाइन बस्नु नपर्ने

कोरोनाविरुद्धको दुबै डोज खोप लगाएकाले कतार पुगेपछि क्वारेन्टाइन बस्नु नपर्ने

कतारमा आगामी सोमबारबाट लागु हुने गरी क्वारेन्टाइन सम्बन्धि नयाँ नियम लागु गरिएको छ । नयाँ नियम अनुसार कतारमा कोरोना विरुद्धको खोपको दुबै डोज लगाइसकेकाले कतार पुगेपछि होटेल वा होम क्वारेन्टाइन बस्नु नपर्ने भएको छ । 
 
त्यसैगरी कतारमा मान्यता प्राप्त फाइजर, मोर्डेना, जोन्सोन एन्ड जोन्सोन, एस्ट्राजेनिका नेपालमा लगाएको भएपनि क्वारेन्टाइन बस्नु नपर्ने बताइएको छ । पछिल्लो ९ महिनाको अन्तरालमा कसैलाई कोरोना संक्रमण भएको तर उसले कतारमा मान्यता प्राप्त खोपको एक डोज मात्रै लगाएको भएपनि  होटेल क्वारेन्टाइन बस्नु नपर्ने भएको छ । 

तर कतारमा मान्यता प्राप्त नभएको  सिनोफर्म, भेरोसेल, कोभिसिल्डआदि लगाइसकेको  भए १० दिन होटल क्वारेन्टाइन भने बस्नु पर्ने नियममा बताइएको छ । नेपाललाई कतारले हालसम्म  रेड जोनको सुचीमै राखेको छ ।