सिंहदरवारमा एमाले कार्यदल बैठक सुरु

सिंहदरवारमा एमाले कार्यदल बैठक सुरु

नेकपा एमालेमा विवाद समाधान गर्न गठित कार्यदलको आजको बैठक सुरु भएको छ ।

सिंहदरबार स्थित अर्थमन्त्रालयमा बैठक सुरु भएको हो । बैठकमा दुवै पक्षका सबै सदस्यहरुको उपस्थिती छ ।आजको बैठकमा उपाध्यक्ष भीम रावल र उपमहासचिव विष्णु पौडेलले तयार पारेको ड्राफ्टमाथि छलफल हुँदैछ।

एमालेको विवाद समाधानका लागि गठन गरिएको कार्यदलमा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली,शंकर पोखरेल,भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, गोकर्ण विष्ट रहनुभएको छ ।

एमाले विवाद चलिरहेका बेला लामो समयपछि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार भेटवार्ता भएको थियो । कार्यदलको पहलमा भएको भेटवार्तापछि एमाले विवाद समाधाननजिक पुगेको दाबी गरिएको थियो ।

कार्यदलको बैठक हिजो बिहीबार साँझ ७ बजेबाट आज बिहान ११: ३० बजेसम्मको लागि स्थगित गरिएको थियो ।