सहायक निरीक्षकको लिखित परीक्षाको नतिजा प्रकाशन

सहायक निरीक्षकको लिखित परीक्षाको नतिजा प्रकाशन

प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि प्रहरी प्रधान कार्यालयबाट २०७६ माघ १ गते प्रकाशित विज्ञापनअनुसार लिइएको लिखित परीक्षामा समावेश भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा बिहीबार प्रकाशन गरिएको छ।

उत्तीर्ण उम्मेदवारहरूको आगामी साउन ३, ४ र ५ गते नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा विशेष स्वास्थ्य परीक्षण हुने प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन विकास विभाग, भर्ना तथा छनौट महाशाखाले जनाएको छ। साथै उक्त नतिजाको पूर्ण विवरण नेपाल प्रहरीको वेवसाइटमा समेत राखिएको छ ।