गाई काटेको आरोपमा तीन पक्राउ

गाई काटेको आरोपमा तीन पक्राउ

गाई काटेको आरोपमा तीन पक्राउ परेका छन्।  जिल्ला प्रहरी कार्यालय चितवनले गाई काटेको अभियोगमा पूर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर १ सुन्दरबस्तीबाट तीनलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा कालिका–१ की ३२ वर्षीया उर्मिला परियार, १६ वर्षिय सविन परियार र १६ वर्षिय सुवास परियार रहेको प्रहरीले बताएको छ। उनीहरुले बुधबार दिउँसो स्थानीयवासी महेन्द्र सुवेदीको केराबारी नजिक घोलको खाली जग्गामा गाई काटेका प्रहरीले बताएको छ। 

गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा पक्राउ परेका उनीहरुलाई पशुपक्षीसम्बन्धी कसुरमा जिल्ला अदालत चितवनबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । प्रहरीले बिहीबार साँझ घटनाको विवरण सार्वजनिक गरेको हो ।