मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

बारामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्लाको कोल्वही नगरपालिका वडा नम्बर २ भीम सखुवास्थित ३ नम्बर पुल नजिक तामागढी कोलह्बी सडक खण्डमा कोलह्बीबाट निजगढतर्फ जाँदै गरेको ना२३प १५१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परि मोटरसाइकल चालक रौतहटको नजरपुर बस्ने ४२ वर्षीय दुर्गा सापकोटाको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते विजयपुर फतुवा नगरपालिका ९ बस्ने ४० वर्षीय महम्मद कैफ देवानको बिरगंजस्थित नेशनल मेडिकलमा उपचार भइरहेको छ ।