अष्ट्रेलिया सरकारले कोरोना विरुद्धको खोप दिने क्रमलाई तिब्रता दिने

अष्ट्रेलिया सरकारले कोरोना विरुद्धको खोप दिने क्रमलाई तिब्रता दिने

 अष्ट्रेलियाका प्रधानमन्त्रीले यहाँ कोरोना विरुद्धको खोपको मात्रा बढाउने बताउनुभएको छ । प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार सो कुराको घोषणा गर्नुभएको हो । प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियाकामा आगामी सेप्टेम्बर महिनामा कोरोना भाइरसको खोप फाइजर खोप आउन लागेको र त्यो खोप अगष्ट महिनाबाट दिइने बताउनुभयो ।

उहाँले आगामी सेप्टेम्बर महिनामा ४५ लाख मात्रा खोप आउने लागेको र त्यसलाई अगष्ट महिनादेखि नागरिकलाई वितरण गरिने भएको पनि बताउनुभएको समाचारमा जनाइएको छ । उहाँले यही जुलाई महिनाको १९ तारिखदेखि अष्ट्रेलियामा हरेक हप्ता नै कम्तीमा पनि दश लाख खोप ल्याइने पनि बताउनुभयो ।

सो खोप नागरिकहरुलाई सकेसम्म चाँडै वितरणको व्यवस्था मिलाइएको पनि बताउनुभएको छ । प्रधानमन्त्री मोरिसनले अष्ट्रेलिया ब्रोडकास्टिङ कर्पोरेसनलाई दिनुभएको अन्तर्वार्तामा सो कुरा बताउनुभएको छ । उहाँले यो वर्षको अन्त्यसम्ममा अष्ट्रेलियाका प्रत्येक नागरिकलाई कम्तीमा पनि एक मात्रा खोप दिइसक्ने तयारी गरेको बताउनुभयो ।

जुन महिनामा अष्ट्रेलियाया सरकारले कोरोना भाइरसका विरुद्धमा लड्नका लागि आवश्यक धेरै तयारी गरेको जानकारी पनि गराउनुभएको छ ।उहाँले दिनुभएको शुक्रबारसम्मको तथ्याङ्कअनुसार अष्ट्रेलियाका १६ वर्षमाथिका कम्तीमा पनि १० प्रतिशत नागरिकले खोप लिइसकेका छन् । अष्ट्रेलियाको सरकारले कोरोना भाइरसविरुद्धको खोप दिने कामलाई प्राथमिकतामा राखेको छ ।