थप २ हजार २ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

थप २ हजार २ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप २ हजार  २ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ५७ वटा आरटी पीसीआर परीक्षण गर्दा १ हजार ४ सय ७९ जना र ४ हजार ६ सय ५६ जनाको एन्टिजेन परीक्षण गर्दा ७ सय ६० जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या ६ लाख ५९ हजार ८८  पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज थप १ हजार ३ सय १६ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख १६ हजार ९ सय २९ पुगेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यो सङ्ख्या कूल सङ्क्रमितको ९४ दशमलव ५ प्रतिशत हो ।

मन्त्रालयका अनुसार आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा गरी कूल २६ हजार ५ सय ९० जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । 

यसै गरी, कोरोना भाइरसको सङ्क्रमणबाट आज थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म ९ हजार ३ सय ४० जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।