कारले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । चितवनमा स्कुटरमा बसेका खैरहनी- १२ का ५ वर्षीय आरुष अधिकारीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो ३ बजे मृत्यु भएको हो । साथै सोही ठक्करबाट तीन जना घाइते छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती-३ झुरझुरेमा भण्डाराबाट नारायणगढ आउदै गरेको बा १९ च ७९८६ नम्बरको कारले विपरित दिशाबाट आइरहेका दुई स्कुटरलाई ठक्कर दिएको थियो ।
प्रदेश ३, ००३ प ६८८८ नम्बरको स्कुटर र प्रदेश नम्बर ३- ००२ प ६४८३ नम्बरको स्कुटर दुर्घटनामा परेका थिए । पहिलो स्कुटर चालक खैरहनी- १२ का ३५ वर्षीय राजकुमार अधिकारी दाहीने खुट्टा र मुखमा चोट लागेको छ । पछाडी बस्ने उनका ५ वर्षीय छोराको ज्यान गएको छ ।
दोस्रो स्कुटरका चालक रत्ननगर- १५ का १८ वर्षीय निशान भट्टराई र स्कुटरमा बसेका सोही ठाउका २० वर्षीय सन्तोष पोखरेल घाइते छन् ।