कांग्रेस महाधिवेशन : संस्थापनइतर समूहबाट सभापतिमा एकजना मात्र उमेदवार बनाइने

कांग्रेस महाधिवेशन : संस्थापनइतर समूहबाट सभापतिमा एकजना मात्र उमेदवार बनाइने

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा संस्थापनइतर समूहबाट सभापतिमा एक जना मात्र उमेदवार बनाउने गरि छलफल शुरू भएको छ ।

कांग्रेस नेता अर्जुननरसिंह केसीको पहलमा शुक्रबार संस्थापनइतर समूहका सभापति आकांक्षीहरूबीच सहमति जुटाउने प्रयास भएको हो । बैठक सकारात्मक रूपमा अघि बढेको र सहमतिको प्रयासको प्रारम्भ भएको बैठकपछि नेताहरूले बताएका छन् ।

बैठकमा सभापति आकांक्षीहरू रामचन्द्र पौडेल, डा.शशांक कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, डा. रामशरण महत, डा.शेखर कोइराला, सुजाता कोइराला र बलबहादुर केसी बैठकमा सहभागी थिए ।

संस्थापनइतर समूहबाट मुख्यगरी वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक, नेता सिंह, शेखर र सिटौलाले १४ औं महाधिवेशनमा सभापतिबाट पछि नहट्ने दाबी गर्दै आएका छन् ।

तर, संस्थापनइतर समूहमै रहेर सभापति दाबी गर्दै आएका नेता कल्याण गुरूङलाई भने बैठकमा बोलाइएको थिएन ।