मनकामना स्मार्ट लघुवित्तको आइपीओ बाँडफाँट कहिले ?

मनकामना स्मार्ट लघुवित्तको आइपीओ बाँडफाँट कहिले ?

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँडको मिति तय भएको छ । कम्पनीको आईपीओ सोमबार बाँडफाँट हुने भएको हो।

कम्पनीको सेयरको प्रिअलटमेन्ट सकिएको र आगामी सोमबार आइपीओ बाँडफाँटको तयारी गरिएको कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले बताए ।

कम्पनीले गत असार १७ गतेदेखि २१ गतेसम्म कम्पनीको सेयर बिक्रि गरेको थियो । कम्पनीमा खुलेको सेयरका लागि २० लाख ३६ हजार २४५ जनको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता बराबरको सेयर आवेदन परेको छ ।

आवेदन दिएका मध्ये ३६ हजार ३४९ जनाले मात्रै लघुवित्तको सेयर हात पार्ने छन् । मागभन्दा बढी आवेदन परेकाले सेयर प्राप्त गर्नेको संख्या गोलाप्रथाबाट प्रति आवेदक १० कित्ताका दरले छनोट हुनेछ ।