धनगढीमा ताजा जनादेशको मागसहित विधार्थीको प्रदर्शन

धनगढी खबर    

धनगढीमा ताजा जनादेशको मागसहित विधार्थीको प्रदर्शन

नेकपा एमाले निकट अनेरास्ववियु कैलालीले सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि प्रदर्शन गरेको छ।
राजनीतिक अस्थिरता, निर्दलीय सोच र प्रवृत्तिविरुद्ध एकजुट बनौं ताजा जनादेशको पक्षमा जनमत सिर्जना गरौं’ भन्ने नारासहित अनेरास्ववियुले प्रदर्शन गरेको हो।
विद्यार्थी तथा शिक्षकलाई कोरोना खोप उपलब्ध गराउनुपर्ने, परीक्षा र शैक्षिक सत्र सुचारु गर्नुपर्ने लगायतका माग पनि अघि सारिएको छ। उनीहरूले मुख्यमन्त्री कार्यालयको गेट अगाडि व्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।



शुक्रबार २५, असार २०७८ ०८:१६ मा प्रकाशित

#नेकपा एमाले #सुदूरपश्चिम #प्रदर्शन

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस