नेपालमा कोरोनाको डेल्टा प्लस भेरियन्ट देखियो

नेपालमा कोरोनाको डेल्टा प्लस भेरियन्ट देखियो

नुवाकोटस्थित त्रिशुली अस्पतालमा कोरोना परीक्षण गरिएको एक जनामा डेल्टा प्लस भेरियन्ट देखिएको छ।अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पोजिटिभ देखिएका ४ वटा नमुनामध्ये एक वटा नमुनामा डेल्टा प्लस भेरियन्ट देखिएको हो।

त्रिशुली अस्पतालले उक्त ४ वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत अन्तराष्ट्रिय प्रयोगशालामा जीन सिक्वेन्सिङका लागि पठाएको थियो। सो क्रममा तीनवटामा डेल्टा र एक वटामा डेल्टा प्लस भेरियन्ट देखिएको हो। 

डेल्टा प्लस भेरियन्ट डेल्टा भेरियन्ट भन्दा ६० देखि १०० प्रतिशत भन्दा बढी संक्रामक रहेको विभिन्न अनुसन्धानले पुष्टि गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दिपेन्द्र पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।