प्रधानमन्त्री ओली सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको निरीक्षणमा जाँदै

प्रधानमन्त्री ओली सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको निरीक्षणमा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु बाढी प्रभावित क्षेत्रको निरीक्षणमा जानेहुनुभएको छ ।

बाढीबाट क्षति पु¥याएको मेलम्ची खानेपानी आयोजना लगायत सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न प्रधानमन्त्री शनिबार नेपाली सेनाको हेलिकप्टरमार्फत सिन्धुपाल्चोक जानुहुने कार्यक्रम तय भएको बालुवाटार स्रोतले जनाएको छ ।

शनिबार बिहान साढे १० बजे हेलिकप्टरबाट प्रधानमन्त्री सिन्धुपाल्चोक जाने कार्यक्रम छ । प्रधानमन्त्रीले क्षतिग्रस्त मेलम्ची आयोजना, हेलम्बु पहिरो प्रभावित क्षेत्र लगायतका विभिन्न स्थानको हवाइ निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीले पीडितसहित जनप्रतिनिधि र स्थानीय प्रशासनका प्रतिनिधिसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ ।

यही असार १ गते आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाका साथै सिन्धुपाल्चोकका विभिन्न ठाउँमा क्षति पुर्याएको थियो ।