भारतमा कोरोनाको कप्पा भेरियन्ट पुष्टि

भारतमा कोरोनाको कप्पा भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको कप्पा भेरियन्ट फेला परेको छ । भारतको उत्तर प्रदेशमा उक्त भेरियन्ट फेला परेको हो । 

प्रदेश सरकारका अनुसार १०९ जनाको स्वाब जिन सिक्वेन्सिङ गर्दा २ जनामा कप्पा भेरियन्ट पुष्टि भएको हो । बाँकी १०७ जनामा भने डेल्टा भेरियन्ट नै देखिएको बताइएको छ । 

शुक्रबार प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको अध्यक्षतामा भएको बैठकमा नयाँ भेरियन्टबारे जानकारी दिइएको हो ।