माधव नेपाललाई भेटेर फर्किए प्रचण्ड

माधव नेपाललाई भेटेर फर्किए प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ। प्रचण्ड नेता नेपाललाई भेट्न ११ बजेर २५ मिनेटमा उनको निवास कोटेश्वर पुगेका थिए। दुई नेताबीच करिब १ घन्टा छलफल भएको थियो। 

एमाले विवाद समाधानका लागि गठित कार्यदलले विवादित विषयमा सहमतिको अन्तिम मस्यौदा तयार गरि आज सार्वजनिक गर्ने तयारी गरिरहँदा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो।

प्रचण्ड यसअघि मंगलबार पनि नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए। तत्कालीन नेकपामा हुँदा एकै समूहमा रहेका प्रचण्ड र नेपाल ओलीविरुद्धको मोर्चाबन्दीमा थिए।