सेती प्रयोशालामा ३३ जनामा कोरोना पुष्टि, एकको मृत्यु

सेती प्रयोशालामा ३३ जनामा कोरोना पुष्टि, एकको  मृत्यु

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ८९ नमूनाको परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

यस्तै ५६ जनाको रिपोर्ट निगेटिभ आएको छ । हाल अस्पतालमा १६ जना संक्रमित उपचाररत छन्। जसमध्ये २ जना संक्रमित आईसीयू, १ जना भेन्टिलेटर र १० जना अक्सिजनको सर्पोटरमा उपचाररत रहेको छन् ।

पछिल्लो २४ घण्टामा १  जना बिरामी निको भएर घर फर्किएका छन भने ४ जना अस्पतालमा भर्ना भएका छन्। पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बाजुराको स्वामीकार्तिक गाउँपालिका–९ का ५५ वर्षीय पुरुष रहेका छन् ।