ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

कैलारी गाउँपालिका–१ मा से १ त ३४३४ नम्बरको ट्रयाक्टर दुर्घटना चालकको मृत्यु भएको छ। अनियन्त्रित भई ट्रयाक्टर दुर्घटना हुँदा ३५ वर्षीय चालक अमित कठरियाको शनिबार मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले ट्रयाक्टर  अनियन्त्रित भई दुर्घटना हुँदा  चालकको घटनास्थलमा नै मृत्यु भएको जानकारी दिए।