कञ्चनपुरमा चौपायासँग मोटरसाइल ठोक्किँदा चालक घाइते

कञ्चनपुरमा चौपायासँग मोटरसाइल ठोक्किँदा चालक घाइते

कञ्चनपुरमा चौपायासँग मोटरसाइल ठोक्किँदा चालक घाइते भएका छन्।

शनिबार जिल्लाको कृष्णपुर नगरपालिका -२ स्थित बनरा पुल नजिक धनगढी आउँदै गरेको म२प ३१९६ नम्बरको मोटरसाइकल छाडा चौपासँग ठोक्किएको प्रहरीले बताएको छ।

मोटरसाइकल चालक भीमदत्त नगरपालिका -१८ का ४४ वर्षीय पुष्कर बुनियाल घाइते भएका र उनको सेती प्रादेशि अस्पतालमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

जिल्लामा यसअघि शुक्रबार (२५ गते) पनि एउटा स्कुटर छाडा पशु चौपायासँग ठोक्किएको थियो।