ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

नेकपा  (एमाले) स्थायी कमिटीको बैठक आज ४ बजे बस्दैछ । प्रधानमन्त्री एवम् नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाण्ङले जानकारी दिनुभएको हो ।

नेकपा एमाले कार्यदलको बैठक सिंहदरबारमा जारी छ । एमाले कार्यदलका नेताहरुले पार्टी एकताको सम्बन्धमा बहस सार्थक हुदै गएको र आजै सुखद समाचार सुन्न पाइने बताउदै आउनुभएको छ ।

एमाले पार्टी भित्र का मतभिन्नता कम गर्ने सम्बन्धी दस्तावेजमा आज प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचमा संयुक्त हस्ताक्षर गरी स्थायी कमिटीको बैठकले पार्टी एकताको घोषणा गर्ने बताइएको छ ।

तर, आज बिहान सिंहदरबारमा एमाले कार्यदलका नेपाल पक्षका नेताहरु नेपाल निवास जानुभएको र सहमतिको दस्तावेजमा नेपाल अझै सन्तुष्ट हुन नसकेको बुझिएको छ । यही अवस्थामा नेकपा एमाले स्थायी कमिटीको बैठक केही समयमा बस्न लागेको हो ।