मुलुकभर थप १८३१ जनामा कोरोना पुष्टि, २० को मृत्यु

मुलुकभर थप १८३१ जनामा कोरोना पुष्टि, २० को मृत्यु

 मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हार २१८ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ८३१ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसा ५ हजार ५३५ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १२ सय ३७ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, ३ हार ६८३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५३३ जना संक्रमितहरु कोरोनामुक्त भएका छन्, भने थप २० संक्रमितको मृत्यु भएको छ ।