सुदूरपश्चिम प्रदेशमा ८ जना युवाहरु सम्मानित, ३५ हजार सहित कदर पत्र प्रदान

सुदूरपश्चिम प्रदेशमा ८ जना युवाहरु सम्मानित, ३५ हजार सहित कदर पत्र प्रदान

धनगढी । सुदूरपश्चिम प्रदेशमा ८ जना युवाहरु सम्मानित भएका छन । धनगढीमा एक कार्यक्रमको आयोजना गर्दे सुदूरपश्चिम प्रदेश युवा परिषद्ले ८ जना युवाहरुलाई सम्मान गरेको हो । अन्तर्राष्ट्रिय खेलाडी, युवा उद्यमी र विश्व कीर्तिमानीलाई परिषद्ले पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेहरुमा अन्तर्राष्ट्रिय खेलाडी प्रकाशकुमार चन्द, पर्यटन व्यवसायी योगेन्द्र बम, आदर्श युवा क्लब, वन्य जन्तुको खोज र वातावरण संरक्षणमा केन्दीत धिरेन्द्र चन्द र विश्व कीर्तिमानी मुकेश जोशी हरेका छन । यस्तै शरीरका बिभिन्न ७ अङ्गले लेख्न सक्ने मनोजकुमार चन्द, लागूपदार्थ तथा दुब्र्यसनीमा रहेका युवाहरूलाई पुनर्स्थापना गर्दै आएका कल्पिस कुँवर, युवा उद्यमी मानसिंह साउदलाई सम्मान गरिएको हो ।

उनीहरूलाई मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकास मन्त्री लाल बहादुर खड्का र सामाजिक विकास राज्य मन्त्री मना साउदले नगद ३५ हजार सहित दोसल्ला र कदर पत्र प्रदान गरेर सम्मान गरेका थिए।