बारामा ७० हजार मेट्रिकटन चैते धान उत्पादन

बारामा ७० हजार मेट्रिकटन चैते धान उत्पादन

बारामा यस वर्ष ७० हजार मेट्रिक टन चैतेधान उत्पादन भएको कृषि ज्ञानकेन्द्र बाराले जनाएको छ।

१५ हजार १०५ हेक्टर क्षेत्रफलमा विभिन्न जातको चैते धान खेती गरिएकामा मौसम राम्रो भएको र समयसमयमा पानी परेका कारण उत्पादनमा वृद्धि भएको केन्द्रले जनाएको छ। ६९ हजार ९७२ मेट्रिकटन धान उत्पादन भएको ज्ञानकेन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिए।

गत वर्ष विभिन्न जातका चैते धान १२ हजार ११५ हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर ४ दशमलव ४ मेट्रिकटनले ५३ हजार ३०६ मेट्रिकटन उत्पादन भएको थियो। गत वर्षभन्दा यस वर्ष भने उत्पादनमा बढेको हो।