साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभाको बैठक बोलाउन सर्वोच्चको आदेश

साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभाको बैठक बोलाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले संसद पुनर्स्थापनासँगै साउन ३ गते प्रतिनिधि सभाको बैठक बोलाउन आदेश जारी गरेको छ ।

गत जेठ ७ गते मध्यराति भएको संसद विघटनलाई अदालतले बदर गर्दै प्रतिनिधिसभाको बैठक बोलाउने समय तोकिदिएको हो ।

सर्वोच्चको संवैधानिक इजलासद्वारा जारी आदेशमा साउन ३ गते साँझ ५ बजे सम्मा बैठक बोलाउनू भनिएको छ ।

राष्ट्रपति भण्डारीले गएको जेठ ७ गते प्रधानमन्त्रीकाे सिफारिसमा संसद विघटन गर्नु भएको थियो । साथै सरकारको सिफारिस अनुसार नै आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन गर्ने घोषणा गर्नु भएको थियो । उक्त कदमहरू असंवैधानिक रहेकाे अदालतकाे ठहर छ ।