अबको पूरा सरकार सञ्चालन कांग्रेसले गर्छ : भिष्मराज आङ्देम्बे

अबको पूरा सरकार सञ्चालन कांग्रेसले गर्छ : भिष्मराज आङ्देम्बे

नेपाली काँग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङ्देम्बेले सर्वाेच्च अदालतको संसद् पुनःथापना गरेपछि सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुने र अबको बाँकी समय नेपाली कांग्रेससहितको गठबन्धनले सरकार संचालन गर्ने दावी गर्नु भएको छ ।

नेपाली कांग्रेसले अन्य दलहरुको समहति र सहकार्य गर्दै अबको पूरा सरकार सञ्चालन कांग्रेसले  गर्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो।

संसद पुनस्र्थापना पछि न्यूज २४ को कुराकानीमा संक्षिप्त प्रतिकृया दिदै नेता आङ्देम्बेले कांग्रेसले बाँकी रहेको पूरा समय सरकार सञ्चालन गर्ने र सहमतिमा निर्वाचनमा जाने २ विकल्प रहेको उहाँले बताउनुभयो । तर काँग्रेस पूरा कार्यकाल सरकार संचालनमै केन्द्रीत हुने उहाँको भनाइ छ ।

उहाँले माधव नेपाल समूहको (नेकपा) एमालेले पनि स–शरीर दिएको समर्थनलाई निरन्तरता दिनेमा आफ्नो बिश्वास रहेको पनि दावी गर्नु भयो।

उहाँले भन्नुभयो, ‘हामीले सशरीर राष्ट्रपति कार्यलयमा दिएको निवेदनलाई गठबन्धनका सांसदहरुले निरन्तरता दिनु हुन्छ भन्ने आशा छ । यसले बाँकी समय नेपाली काँग्रेसको नेतृत्वमा सरकार चलाउछ। माधव नेपाल जीहरुले पनि नेपाली काँग्रेसको सरकार भनेर होइन की अराजक र संविधान च्यात्ने ओलीको बिरुद्धको गठबन्धन सरकारको रुपमा लिनु हुन्छ भन्ने आशा छ ।’

महिना दिन भित्र लिने विश्वासको मतको आधार यसअघि राष्ट्रपति कार्यालयमा बुझाईको हस्ताक्षर सहितको निदेननै अहिलेको लागि पर्याप्त हुने उहाँको भनाइ छ ।

आङ्देम्बेले अब आन्तरिक र गठबन्धनको छलफलपछि नेपाली काँग्रेसले सरकारको नेतृत्व लिने बताउनुभयो । उहाँले प्रधानमन्त्री र उहाँको सर्वसत्तावादी, मनोमानी नियतलाई साथ दिने राष्ट्रपतिको अमर्यादित र अराजकताको बिरुद्धमा फैसला गरेर सर्वोच्च अदालतले राष्ट्रको अभिभावकत्व पूरा गरेको उहाँले भन्नुभयो ।

मुलुकमा प्राप्त उपलब्धिलाई संस्था गर्दै मुलुकको बिकासमा लागि अबको समय खर्चिने उहाँले प्रतिकृया दिनुभयो ।