मुलुकभर थप २ हजार ३७० जनामा कोरोना पुष्टि, १८ को मृत्यु

मुलुकभर थप २ हजार ३७० जनामा कोरोना पुष्टि, १८ को मृत्यु

मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५८४ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ३ हजार ८९५ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ६९० जना र ३ हजार ८९५जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख १ हजार ४५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार १३३ जना कोरोनामुक्त भए, १८ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ३७० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख २१ हजार २७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ५८४ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३६ लाख ६१ हजार ८३६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४०० पुगेको छ