ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 
रौतहटको देवाही गोनाही नगरपालिकामा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। 
ना ४ त १५०७ नम्बरको ६याक्टर राति ११ः५५ बजेको समयमा देवाही गोनाही नगरपालिका–४ स्थित लालबकैया नदीको बाँधमा ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ। 
दुर्घटनामा ट्याक्टरमा सवार ४ जनामध्ये कवीन्द्र पटेल र गोविन्दा पटेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। कवीन्द्र नदीपारी टोलका हुन् भने गोविन्द पोखरिया टोल निवासी हुन्।

दुर्घटनामा घाइते भएका राकेश पटेलको अवस्था पनि गम्भीर रहेको र उनलाई थप उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ।

खेत जोतेर घर फर्किँदै गरेको ट्याक्टर अनिन्त्रित भएर दुर्घटना हुँदा दुई पटेलद्वयको सोही ट्याक्टरले च्यापिएर मृत्यु भएको हो।