प्रधानमन्त्री देउवाद्वारा चार सदस्यीय मन्त्रिपरिषद् गठन

प्रधानमन्त्री देउवाद्वारा चार सदस्यीय मन्त्रिपरिषद् गठन

प्रधानमन्त्री शेरबहादुर देउवाले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुले मंगलबार साँझ नै राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रधानमन्त्री देउवाले गृहमन्त्रीमा बालकृष्ण खाँड, कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा पम्फा भुसाल र अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त गरेका छन् ।