नेपाल थप २ हजार ९०५ जनामा कोरोना पुष्टि, १ हजार ६०६ जना संक्रमणमुक्त

नेपाल थप २ हजार ९०५ जनामा कोरोना पुष्टि, १ हजार ६०६ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर दुई हजार नौ सय पाँच जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । आठ हजार एक सय आठ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा दुई हजार १० जना र चार हजार नौ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय ९५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

२४ घन्टामा कुल परीक्षणको झन्डै २५ प्रतिशतमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा चार सय २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ६ हजार सात सय ६१ जना पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा एक हजार ६ सय ६ जना काेराेना निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख २४ हजार सात सय ११ जना पुगेको छ ।

यस्तै थप १८ जनासहित अहिलेसम्म नौ हजार चार सय ३० जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।  

अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ६ सय ४८ रहेको छ ।