रिले अनशनको १३ औँ दिन सम्म पनि भएन बैतडीका ‘लेन्थवर्कर’ हरू को कुनै सुनवाइ !

बैतडीका ‘लेन्थवर्कर’हरू ले पाएनन् पारिश्रमिक

समीर भट्ट    

रिले अनशनको १३ औँ दिन सम्म पनि भएन बैतडीका  ‘लेन्थवर्कर’ हरू को कुनै सुनवाइ !

बैतडी | बैतडीको पाटन पञ्चेश्वर सडक खण्डमा करिब दुई वर्ष अघिदेखि काम गर्दै आएका लेन्थवर्कहरु रिले अनशन बसेको १३ दिन व्यर्थै बितेका छन् । आफूले २ वर्ष देखी काम गरेको पारिश्रमिक नपाएकोले बाध्य भएर रिले अनसन बस्न परेको लेन्थवर्कर उमेश अवस्थीले बताए ।

दुई वर्ष अघिदेखि पारिश्रमिक नपाएका कारण २०७८/०३/१८ गतेबाट रिले अनसन बसेको १३ दिन बितिसक् दासम्म पनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको र रिले अनसन बस्नु अगावै प्रदेश सरकारलाई सडक डिभिजन कार्यालय बैतडी र पूर्वाधार कार्यालय बैतडीले उनीहरूको तलबको लागि पत्र लेखी पठाएको भए पनि कुनै सुनवाईनै नभएको अनसनरत लेन्थवर्करहरुको भनाई छ ।

पारिश्रमिक पाउने आसमा २ वर्ष देखि भोक तिर्खा नभनी काम गरी रहेको भए पनि आफूहरूले हालसम्म तलब नपाएको अनसनरत लेन्थवर्कर जयराम भुलको गुनासो छ । उनले भने, ‘हामीले बेला बेला काम गरेको पारिश्रमिक पनि नमागेका हैनौँ, तलब दिनुहोस् भन्दा तपाईँ काम गर्नुहोस् केही दिनमा मिल्छ भन्दै २ वर्ष झेले ।’

तर यो २ वर्षको अन्तरालमा दसैँ तिहार नभनी काम गर्दा पनि एक रुपियाँ त परैजावस अहिले आफूहरूले आफ्नो परिश्रमको मूल्य रिले अनसन बसेर चुकाई रहेको बताउने जयरामले प्रश्न गर्दै भने, ‘अब त घरधन्दा चलाउनै गाह्रो भयो । खै हाम्रो पीडा कसले सुनिदिने ?’

रिले अनसन पश्चात् अहिले केही लेन्थवर्कर हरू बिरामी भई अस्पताल भर्ना हुने क्रम जारी छ । तथापि उनीहरू भने बरु मर्नुपरे मरिन्छ तर माग पुरा नहुँदा सम्म अनशन नतोड्ने भन्दै अनवरत रूपमा अनशनमै छन् ।

रिले अनसन बसेका लेन्थवर्कर हरूको पक्षमा पारिश्रमिकको माग गर्दै जिल्ला स्थित विभिन्न राजनीतिक दलका पदाधिकारीहरू, विद्यार्थी सङ्गठन र अन्य राजनीतिक भातृ सङ्गठनहरूले विज्ञप्ति र ज्ञापन पत्र सहित माग गर्नु का साथै लेन्थवर्करहरुले गरेको आन्दोलनमा नेपाल सडक मजदुर ट्रेड युनियन जिल्ला कमिटी बैतडीले पनि आफ्नो ऐक्यबद्धता रहेको जनाएको छ । ट्रेड युनियनले एक विज्ञप्ति जारी गर्दै अनसनमा बसेका लेन्थवर्करहरुका माग तीन दिनभित्र पूरा गर्न आग्रह गरेको छ । लेन्थवर्करहरुका माग तीन दिनभित्र पूरा नभए आन्दोलनका थप कार्यक्रम गरिने चेतावनी दिएको भए पनि आज रिले अनसनमा १३ दिन बितिसक्दा समेत कुनै सुनवाइ भएको छैन ।



बुधबार ३०, असार २०७८ ११:०६ मा प्रकाशित

#लेन्थवर्कर #रिले अनशन #बैतडी

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस