लामो दूरीको गाडी खुलाउँदै काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप्ने तयारी

लामो दूरीको गाडी खुलाउँदै काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप्ने तयारी

काठमाडौँ | लामो दूरीको सार्वजनिक गाडी खुलाउँदै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ ।

यसका लागि आज दिउँसो १ बजे काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय हुँने भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार लामो दुरीका गाडी खोल्ने या नखोल्ने भन्नेमा आज निर्णय हुनेछ । हवाइ उडानसमेत खुलेपछि यातायात व्यवसायीले लामो दूरीका गाडी खुलाउन दबाब दिँदै आएका छन् ।

फेरि संक्रमण बढ्दै गएपनि खोप लगाउनेक्रम पनि बढेकाले अझै खुकुलो बनाएर जनजीवनसँगै आर्थिक जीवन पनि सहज बनाउने भन्नेमा प्रजिअहरु एकमत छन् । तथापि यसको आधिकारिक निर्णय काठमाडौँ जिल्ला प्रशासनमा आज हुने बैठकले टुंगो लगाउने उनले बताए ।

काठमाडौँ उपत्यकाभित्र २५ सिटभन्दा बढीका सार्वजनिक यातायात यसअघिबाटै सञ्चालन आएका छन् । बैशाख १६ देखि जारी निषेधाज्ञा असार ३१ गते राति १२ बजे सकिँदै छ ।