वेस्ट इन्डिजमाथि अष्ट्रेलियाको रोमान्चक जित

वेस्ट इन्डिजमाथि अष्ट्रेलियाको रोमान्चक जित

अष्ट्रेलियाले चौंथो टी-ट्वान्टी क्रिकेटमा घरेलु टोली वेस्ट इन्डिजलाई पराजित गरेको छ । सेन्ट लुसियामा बिहीवार भएको रोमान्चक खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई ४ रनले पराजित गरेको हो । जारी पाँच खेलको सिरिजमा अष्ट्रेलियाको यो पहिलो जित समेत हो ।

अष्ट्रेलियाले दिएको १ सय ९०  रनको लक्ष्य वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन मात्र बनाउन सक्यो । यस अघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।

दुई टोलीबीचको अन्तिम तथा पाँचौ खेल शनिवार हुनेछ ।