मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्दै छ । दिउँसो २ बजे बैठकले पुनर्स्थापित प्रतिनिधि सभा बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गर्ने सम्भावना रहेको छ । 

गएको सोमवार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा पुनर्स्थापना गरी सात दिनभित्र संसद् बैठक बोलाउन आदेश जारी गरेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि दोस्रो पटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । 

यसअघि मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो चैतसम्म सबै नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको थियो ।