कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत खटिएको टोलीले २ जनालाई पक्राउ गरेको हो।

जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर २ छेलाका २१ वर्षीय विजय चौधरी र सोहि ठाउँका १९ वर्षीय अजय चौधरी पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट खैरो हिरोईन ३.७४० ग्राम बरामद गरीएको हो। उक्त लागुऔषधसहित उनीहरुलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाएको गणले जनाएको छ।