धनगढी । कैलालीको गोदावरी नगरपालिकाका बिभिन्न स्थान डुवानमा परेको छन् ।
गएरातिदेखी परेको निरन्तरको बर्षाका कारण गोदावरी नगरपालिकको वडा नं १ र २ मा पर्ने अत्तरिया बजार क्षेत्र जलमग्न भएको छ भने अन्य भित्रि गाउँहरु डुवानमा परेका छन् ।
भारी बर्षाका कारण भालू खोलामा पानीको बहाव बढ्दा गोदावरी ४ बास्कोटामा १० घर डुबानमा परेका छन् भने उत्तर बनखेतका ४ घर डुबानमा परेका छन् । यस्तै अत्तरियाका विभिन्न ठाउँहरु जलमग्न भएका छन ।
तस्विर : पत्रकार हेमराज भट्टको फेसबुकबाट