कैलालीमा नेपाल-भारत सीमा नजिकै बन्दै गरेको सशस्त्रको बिओपीमा आगजनी

कैलालीमा नेपाल-भारत सीमा नजिकै बन्दै गरेको सशस्त्रको बिओपीमा आगजनी

धनगढी । कैलालीको टीकापुर नगरपालिका–८ खक्रौलामा निर्माण हुँदै गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) भवनमा आगजनी भएको छ । निर्माणाधीन भवन हाल बिओपी रहेको स्थानबाट करिब एक किलोमिटर टाढा मोहना नदी पारी दशगजा नजिकै छ ।

सत्ती भन्सार कार्यालयको जमिनमा अस्थायी रुपमा राखिएको बिओपीलाई सीमा नजिकै सार्ने उद्देश्यले मोहना नदी पारी भवन निर्माण भइरहेको थियो । भवन निर्माणको काम अन्तिम चरणमा पुगेका बेला अचानक आगजनी भएको छ । आगलागीबाट लाखौँको क्षति भएको छ ।

बिहीबार बिहान साढे दश बजेको समयमा निर्माणाधिन भवनको भित्र पड्किएको आवाज आएको कामदारले बताएका जानकारी दिएका छन् । उनीहरुले काम गर्न भवन भित्र पस्नु भन्दा अघि नै आगजनी भएको बिओपीका सई राधेश्याम रानाले जानकारी दिए । आगो नियन्त्रणका लागि टीकापुर नगरपालिकाको दमकल पुगेको थियो ।