नेपाल र अमेरिकाबीचको मित्रता थप सुदृढ गरिने छः प्रधानमन्त्री देउवा

नेपाल र अमेरिकाबीचको मित्रता थप सुदृढ गरिने छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गरिने बताएका छन् ।

आफ्नो निजी निवास बूढानीलकण्ठमा नेपालका लागि अमेरिकाका राजदूत र्‍यान्डी बेरीसँगको भेटमा प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मंगलबार पद तथा गोपनीयताको शपथ लिनुभएका प्रधानमन्त्री देउवालाई राजदूत बेरीले सोही दिन सामाजिक सञ्जालमार्फत बधाई दिएका थिए ।

राजदूत बेरीले भेटका क्रममा प्रधानमन्त्रीको रूपमा नियुक्त भएकोमा देउवालाई बधाई ज्ञापन गर्दै झन्डै ७५ वर्ष लामो नेपाल-अमेरिका मित्रतालाई अझै सुमधुर र सबल बनाउन काम गरीरहने बाइडेन प्रशासनको प्रतिवद्धता पुनस् जाहेर गरेका थिए ।