नेपालमा थप २ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

नेपालमा थप २ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार २५६ जनाको पीसीआर परीक्षणबाट १ हजार ७८२ र ४ हजार ५१२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८९४ जना गरी जम्मा २ हजार ६७६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ७५७ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।